पारस र दीपेन्द्रपछि ज्ञानेन्द्र पनि आउट, नेपाललाई २५ ओभरमा २७० रन आवश्यक

फाइल तस्बिर

काठमाडौं- आईसिसी एकदिवशिय  विश्वकप छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले जिम्बावेबाट ३८१  रनको लक्ष्य पाएको छ।

नेपालले  २५ ओभरमा ४ विकेट गुमाएर  एक सय ११ जोडेको छ। चौथो विकेटका रुपमा ज्ञानेन्द्र मल्ल ब्यक्तिगत ३२ रनमा आउट भए। त्यसअघि दीपेन्द्रसिंह एेरी तेस्रो विकेटका रुपमा २३ रनमा आउट भए। दीपेन्द्र र ज्ञानेन्द्रबीच तेस्रो विकेटका लागि ३५ रनको साझेदारी भएको थियो।

नेपाललाई जीतका लागि २५ ओभरमा २ सय  रन आवश्यक छ।

दिलिप नाथ २ रनमा आउट भए। कप्तान पारस खड्काले ४० रन बनाए।

नेपालले नौ रन जोड्दा चताराको बलमा दिलिप बोल्ड आउट भए।  पारसले ३७ बलमा ८ चौका प्रहार गरे।

पारस र ज्ञानेन्द्रबीच दोस्रो विकेटका लागि ५४ रनको साझेदारी भयो। नेपालले ६३ रन जोड्दा पारस सिकन्दर राजाको बलमा बोल्ड आउट भइ। स्पीनर राजाको त्यो पहिलो ओभरको दोस्राे बल थियो।

यसअघि टस जितेर ब्याटिङ गरेको जिम्बावेले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ८० रन जोड्यो। जिम्बावेले नेपालविरुद्ध १७ छक्का र २६ चौका प्रहार गर्‍यो।

जिम्बावेका मध्यक्रम ब्याट्सम्यानद्धय ब्रेन्डन टेलर र सिकन्दर राजाले सतक बनाए।

टेलरले  एक सय  र राजाले एक सय २३ रन बनाए। यी दुईबीच पाँचौं विकेटका लागि एक सय ७३ रनको साझेदारी भयो। राजाले ६६ बलमा नौ छक्का र सात चौका प्रहार गरे। टेलरले ९१ बलमा १ छक्का र ७ चौका प्रहार गरे। साेमपाल कामीले ४९ औं ओभरकाे चौथो र पाँचौं बलमा उनीहरुलाई लगातार आउट गरेका थिए।

जिम्बावेका ओपनरद्धय सेपास झुअाव ४१ र सोलोमन मायर ५२ रनमा अाउट भए। क्रेग एर्भिनले ३४ रन बनाए।  नेपालका  बसन्त रेग्मीले दुई तथा ललित राजब‌ंशी र  सन्दिप लामिछानेले एक एक  विकेट लिए।

नेपाल एकदिवशिय अन्तर्राष्ट्रिय मान्यता प्राप्त नभएको टोली भएका कारण टेलर र राजाको सतक केवल  लिस्ट ए खेलको सतकको रुपमा मात्र दर्ता हुने छ।

३२ वर्षीय टेलरले हालसम्म एक सय ७६ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनले यी खेलमा नौ सतक र ३३ अर्धसतक बनाएका छन्। एकदिवसीय क्रिकेटमा उनको व्‍यक्तिगत उच्च पाली अविजित एक सय ४५ रनको छ। सन् २००४ मा दक्षिण अफ्रिकाविरुद्ध खेल्दै उनले  एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए।

राजा अलराउन्डर हुन्। उनले सन् २०१३ मा सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेयता ७९ एकदिवशिय अन्तर्राष्ट्रिय खेलमा तीन सतक र ११ अर्धसतक बनाएका छन्।

ओपनर झुआवले  २३ बलमा ४ छक्का र ३ चौका प्रहार गरे।  मायरले  ४१ बलमा ३ छक्का र ५ चौका प्रहार गरे

जिम्बावेले  विकेट नगुमाइ सात ओभरमा ७७ रन जोडेको थियो। सोही स्थितीमा सन्दिपले आफ्नाे पहिलो ओभरको पहिलो बलमै विकेट हात पारेका थिए।   जिम्बावले दोस्राे विकेट एक सय ८ रन जोड्दा गुमायो। बसन्त रेग्मीले हेमिल्टन मासाकाद्जालाई १७ रनमा आउट गरे।

जिम्बावेले १५ औं ओभरको तेस्राे बलमा तेस्राे विकेट गुमायो। बसन्तले मायरलाई  कट एन्ड बोल्ड  गरे।

जिम्बावेले दुई सय रन जोड्दा चौथो विकेट गुमायो। ३१ औं ओभरमा ललितले एर्भिनलाई आउट गरेका हुन्। उक्त ओभरमा ललितपुरले दुई रनमात्र दिएका थिए।

टेलर  र  एर्भिनबीच चौथो विकेटका लागि ८७ रनको साझेदारी भएको थियो। यसअघि सन् २०१३ मा आयोजित डिभिजन तीनमा अमेरिकाले नेपालविरुद्ध तीन सय ६६ रन जोडेको थियो।

नेपालले समूह ‘बी’को खेलमा जिम्बावेसँग खेल्दै यात्रा सुरु गर्न लागेको हो। १० टोलीको सहभागिता रहेको प्रतियोगिताको शीर्ष दुई अर्थात फाइनलमा पुग्ने टिम आउँदो वर्ष इंग्ल्याण्डमा हुने विश्वकपका लागि छानिने छन् । प्रतियोगितामा चार टेस्ट र ६ एसोसिएट टोली सहभागी छन्। एसोसिएटमध्ये नेदरल्यान्ड्ससहित शीर्ष चार टोलीले चार वर्षका लागि एकदिवशिय अन्तर्राष्ट्रियको मान्यता पाउनेछन्।

समूहगत चरणमा नेपालले आयोजक जिम्बाबेसहित अफगानिस्तान, स्कटल्याण्ड र हङकङसँग प्रतिस्पर्धा गर्ने छ । अर्को समूहमा आयरल्याण्ड, वेष्ट इन्डिज, नेदरल्याण्डस्, पपुवा न्युगिनी र युएई रहेका छन् ।

समूहको शीर्ष तीनमा पुग्ने टिमले सुपर सिक्समा स्थान बनाउने छन् ।

फाल्गुन २०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्