पेट्रोलको मूल्य १ रुपैयाँले घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । स्वचालित मूल्य निर्धारण प्रणालीअनुसार निगमले आइतबार मध्यरातदेखि लागु हुने गरी एक रुपैयाँ मूल्य घटाएको हो ।

अब पेट्रोलको मूल्य १०४ बाट घटेर रु १०३ कायम भएको छ । यो काठमाडौं उपत्यकामा आधारित मूल्य हो ।

अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत रहेको आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । अब निगमले पाक्षिकरुपमा १५ करोड रुपैयाँ नाफा गर्ने प्रक्षेपण गरिएको छ ।

फाल्गुन २१, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्