ओस्कार अवार्ड २०१८

द सेप अफ वाटर सर्वोत्कृष्ट चलचित्र, कुन विधामा कसले जिते ?

काठमाडौं – सर्वाधिक १३ विधामा मनोनयनमा परेको द सेप अफ वाटरले ओस्कार अवार्ड २०१८ (९० औँ एकेडेमी अवार्ड) मा सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको छ ।

नेपाली समय अनुसार सोमबार बिहान डल्बी थिएटरमा भएको अवार्ड समारोहमा अरु ८ चलचित्रलाई पछि पार्दै साइन्स फिक्सनमा आधारित चलचित्र द सेप अफ वाटरले अवार्ड जितेको हो । यो जेनरको चलचित्रले पहिलो पटक सर्वोत्कृष्ट चलचित्रको अवार्ड हात पारेको हो ।

बाफ्टा अवार्डमा सर्वोत्कृष्ट ठहरिएको थ्री बिलबोर्ड्स आउटसाइड एबिङ, मिजोरी ओस्कार अवार्डमा पछि परेका हो । द सेप अफ वाटर १३ विधामा मनोनयनमा पर्न सफल भएको थियो भने डनक्रिर्क ८ तथा थ्री बिलबोर्ड्स आउटसाइड एबिङ, मिजोरी सात विधामा मनोनयनमा परेको थियो । द सेप अफ वाटरले सर्वोत्कृष्ट चलचित्रसहित चार विधामा आवार्ड जित्यो ।

सर्वोत्कृष्ट अभिनेताको अवार्ड डार्केस्ट आवरबाट ग्यारी ओल्डम्यानले जिते भने फ्रान्सिस म्याकडोर्म्याण्ड, थ्री बिलबोर्ड्स आउटसाइड एबिङ, मिजोरीबाट सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् ।

यौन हिंसाको कुरा बाहिर आउने क्रमले तातिएको हलिवुडको झलक ओस्कार अवार्ड समारोहमा पनि देखियो । जिमी किमेलले लगातार दोस्रो वर्ष सञ्चालन गरेको अवार्ड समारोहमा हलिवुडका महिलाले सुरु गरेको टाइम्स अप अभियानको पनि झलक देखिएको थियो ।

कुन विधामा कसले जिते अवार्ड ?

सर्वोत्कृष्ट चलचित्र – द सेप अफ वाटर
सर्वोत्कृष्ट अभिनेत्री – फ्रान्सिस म्याकडोर्म्याण्ड, थ्री बिलबोर्ड्स आउटसाइड एबिङ, मिजोरी
सर्वोत्कृष्ट अभिनेता – ग्यारी ओल्डम्यान, डार्केस्ट आवर
सर्वोत्कृष्ट निर्देशक – गिलेर्मो डेल तोरो, द सेप अफ वाटर
सर्वोत्कृष्ट सहअभिनेता – साम रकवेल, थ्री बिलबोर्ड्स आउटसाइड एबिङ, मिजोरी
सर्वोत्कृष्ट सहअभिनेत्री – एलिसन ज्यानी, आइ, टोन्या
सर्वोत्कृष्ट मेकअप एण्ड हेयर स्टाइल – काजुहिरो सुजी, डेविड मालिनोस्वकी र लुसी सिब्बिक, डार्केस्ट आवर
सर्वोत्कृष्ट कस्ट्यु डिजाइन – मार्क ब्रिजस्, पान्थम थ्रेट
सर्वोत्कृष्ट डकुमेन्ट्री फिचर – ब्रायन फोगेल र डन कोगन, इकर्स
सर्वोत्कृष्ट ध्वनी सम्पादन – रिचार्ड किङ र एलेक्स गिब्सन, डनक्रिर्क
सर्वोत्कृष्ट साउण्ड मिक्सिङ – मार्क वेइनगार्टन, ग्रेग्ग ल्याण्डकर र ग्यारी ए रिज्जो, डनक्रिर्क
सर्वोत्कृष्ट प्रोडक्सन डिजाइन – पउल डेनहम अस्टरबेरी, शन विएउ र जेफ मेल्विन, द सेप अफ वाटर
सर्वोत्कृष्ट विदेशी भाषाको चलचित्र – अ फेन्टास्टिक वुमन (चिली)
सर्वोत्कृष्ट एनिमेटेड सर्ट – डियर बास्केटबल
सर्वोत्कृष्ट एनिमेटेड फिचर – कोको
सर्वोत्कृष्ट भिजुअल इफेक्टस् – गेर्ड नेफ्जर, जोन नेल्सन, पउल लामबेर्ट र रिचार्ड आर हुवर, ब्लेड रनर २०४९
सर्वोत्कृष्ट चलचित्र सम्पादन – ली स्मिथ, डनक्रिर्क
सर्वोत्कृष्ट डकुमेन्ट्री सर्ट – हेवन इज अ ट्राफिक जाम अन द ४०५, फ्र्यांक स्टिफेल
सर्वोत्कृष्ट लाइभ एक्सन सर्ट – द साइलेन्ट चाइल्ड, क्रिस ओभरटन र रचेल शेनटन
सर्वोत्कृष्ट एडप्टेड स्क्रिनप्ले – कल मि बाइ योर नेम (स्क्रिन प्ले, जेम्स इवोरी)
सर्वोत्कृष्ट ओरिजिनल स्क्रिनप्ले – गेट आउट (लेखन, जोर्डन पीले)
सर्वोत्कृष्ट सिनेम्याटोग्राफी – रोजर डिकिन्स, ब्लेड रनर २०४९
सर्वोत्कृष्ट ओरिजिनल स्कोर – एलेक्सान्डर डेस्प्लेट, द सेप अफ वाटर
सर्वोत्कृष्ट ओरिजिनल सङ – रिमेम्बर मि (कोको), क्रिष्टिन एण्डर्सन–लोपेज र रोबर्ट लोपेज

फाल्गुन २१, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्