सिटिजन लाइफ इन्स्योरेन्सको शाखा पुल्चोकमा

काठमाडौं- सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलेललितपुरंकोपुल्चोकमा नयाँशाखा विस्तार गरेकोछ।

आईतबार कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डेले उद्घाटन गरेका हुन्। कार्यकम्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेले कम्पनीको अवस्था र भावी योजनाको बारेमा जानकारी गराए।

यस शाखा कार्यालय संचालन पश्चात जनमानसमा बीमाको पहुँच अभिवृद्धि गर्नमा सहयोग हुने विश्वास कम्पनीले व्यक्त गरेको छ। उक्त शाखाको समुद्घाटनसँगै हाल कम्पनीले अधिराज्यभर ३५ शाखा कार्यालयहरु तथा ४ वटा वैदेशिक रोजगार जीवन बीमा सेवा केन्द्रहरु मार्फत अत्याधुनिक प्रविधिद्वारा ग्राहकहरुलाई जीवनबीमा सेवा प्रदान गर्दै आएको छ।

कम्पनीले सबै थरीका जीवन बीमा योजनाका साथै वैदेशिक रोजगार म्यादी जीवन बीमा योजना प्रचलनमा ल्याएको छ । कम्पनीले निकट भविष्यमा देशका सबै जिल्लाहरुबाट आफ्ना गा्रहकवर्गलाइ जीवन बीमा सेवा प्रदान गर्ने लक्ष्य लिएको छ।

अधिकृत पुँजी ३ अर्ब रुपैयाँ  र जारी पुँजी २ अर्ब ५० करोड रुपैयाँ मध्ये हाल संस्थापकबाट ७० प्रतिशतले हुने रकम  १ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले निकट भविष्यमा ७५ करोड रुपैयाँ  सर्वसाधारणको लागी सेयर जारी गरी चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ  पुर्‍याउने जनाएको छ।

फाल्गुन २१, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्