सहकारीले भुक्तानी नगरेपछि वचतकर्ताद्वारा तालाबन्दी

विराटनगर- विराटनगरको प्राइम सहकारी संस्थाले वचत भुक्तानी तिर्न नसकेपछि वचतकर्ताहरुले सहकारी डिभिजन कार्यालयमा उजुरी दिएका छन्।

प्राइमले विगत सात/आठ महिनादेखि बचत नदिएको आरोपमा बचतकर्ताले डिभिजन कार्यालय मोरङमा उजुरी दिएका हुन्।

आक्रोशित बचतकर्ताहरुले कार्यालयमा तालाबन्दी समेत गरेका हुन्। अर्कोतर्फ सहकारीका सचिव किशोर श्रेष्ठले बचतकर्ताको रकम आउँदो १५ दिनसम्म तिर्ने बताएका छन्।

उनले त्यस समयसम्मको समय माग गरेका छन्। श्रेष्ठका अनुसार तराईमा गत साउनमहिनामा गएको बाढीका कारण बचत संकलनमा समस्या आएको र एकैपटक भुक्तानी गर्न नसकिएको हो।

त्यसैगरि, सहकारी डिभिजन कार्यालय मोरङका प्रमुख रामप्रसाद चापागाईंले पीडित र पीडक दुवै पक्षलाई राखेर १७ दिनभित्र भुक्तानी दिनेलिने विषयमा कागज गराएका छन्।

७ सय ७३ सेयर सदस्य रहेको सहकारीको सेयर पूंजी १ करोड ४ लाख, निक्षेप संकलन ७ करोड र ऋण परिचालन ९ करोड गरेको तथ्याङ्क छ।

फाल्गुन २१, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्