अब्बासीको सम्मानमा प्रधानमन्त्री ओलीको रात्रिभोज सुरु

काठमाडौं- अब्बासीको सम्मानमा रात्रीभोज सुरु भएको छ। अब्बासीसँगको रात्रि भोजमा प्रधानमन्त्रीले केपी ओली, गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री डा.युवराज खतिवडा, रक्षामन्त्री ईश्‍वर पोखरेल, महिला बालबलिका तथा समाज कल्याण मन्त्री थम माया मगर सहभागी छन्।

यस्तै पूर्वप्रधानमन्त्रीहरु माधव कुमार नेपाल, झलनाथ खनाल, खिलराज रेग्मी, लोकेन्द्र बहादुर चन्द पनि सहभागी छन्।यता, प्रमुख दलका नेता र मधेसी केन्द्रित दलका नेता पनि भोजमा सहभागि भएका छन्। त्यसैगरी प्रधान सेनापति राजेन्द्र छेत्री समेत सामेल छ्न।

सोमबार अपराह्न काठमाडौँ आइपुगेका पाकिस्तानी प्रधानमन्त्री साहिद खाकान अब्बासी टुँडिखेलमा गार्ड अफ अनरको सम्मान ग्रहण गर्ने बित्तिकै भेटघाट सुरु गरेका थिए।

दुई दिने भ्रमणमा सोमबार नेपाल आइपुगेका अब्बासी मंगलबार स्वदेश फिर्दैछन्।

फाल्गुन २१, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्