
काठमाडौँ-नेपालको औपचारिक भ्रमणमा आएका पाकिस्तानी प्रधानमन्त्री साहिद खाकान अब्बासीलाई राज्यले गार्ड अफ अनरले सम्मानित गरेका हुन्।
साँझ ६ बजे पाक प्रधानमन्त्री अब्बासीलाई सेनाले गार्ड अफ अनरको सम्मान दिएको हो। उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीसहित राज्यका उच्च पदाधिकारीहरुको उपस्थितिमा गार्ड अफ अनरले सम्मानित गरिएको हो।
दुईदिने भ्रमणमा सोमबार नेपाल आइपुगेका अब्बासीले प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र राष्ट्रपति विद्यादेवी भण्डारीसँग अलगअलग भेट्ने कार्यक्रम भए पनि पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्ने छैनन्।
तस्बिरहरु-बर्षा शाह/देश सञ्चार