खुकुरी प्रहार गरी हत्या गर्ने दुईजनालाई जहाज चढाएर धनगढी ल्याईँदै

धनगढी – कैलालीको टिकापुरका करन थापाको हत्यामा संलग्न रहेको आरोपमा काठमाडौंबाट पक्राउ परेका दुई युवकलाई मंगलबार हवाई जहाज चढाएर धनगढी ल्याईँदैछ ।

होलीमा खुकुरी हानेर टीकापुरमा एकको हत्‍या

सोमबार काठमाडौंको बालाजुबाट पक्राउ परेका टिकापुरका सन्दीप रावल र सागर पाण्डेयलाई हवाई जहाज मार्फत धनगढी ल्याईने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक बिनोद घिमिरेले जानकारी दिए ।

टीकापुरमा खुकुरी हान्‍ने दुई युवक काठमाडौबाट पक्राउ

प्रहरीको प्रारम्भीक बयानमा उनीहरुले हत्या गरेको स्वीकार गरेका छन् । हत्यामा प्रयोग भएको खुकुरी फेला पार्न नसकिए पनि घटनाका केही महत्वपूर्ण प्रमाण फेला पारेको प्रहरीले जनाएको छ ।

फाल्गुन २२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्