दुई दिन पछि किन बढ्यो नेप्से परिसूचक?

काठमाडौं- दुईदिनमा ५८ अंकले घटेको नेप्से परिसूचक साताको तेश्रो कारोबार दिन ८.७ अंकले उकालो लागेको छ। अर्थमन्त्री डा युवराज खतिवडाले सेयर बजारलाई अनुत्पादक क्षेत्र नभएको  बताएका पनि बजार बढेको हुन् सक्ने एक ब्रोकरले बताए।

यस्तै बजारमा प्रधानमन्त्री केपी शर्मा ओलीले सेयर बजारलाई प्रभावित पार्ने गरि अभिव्यक्ति नदिन अर्थमन्त्रीलाई भनेकाले पनि बजार उकालो लागेको चर्चा चलेको छ। मंगलबार कारोबार सुरु भए देखि नै नेप्से परिसूचक ओरालो लागेको थियो।

एकाएक अर्थ मन्त्रालयले जारी गर्न लागेको स्वतपत्रमा सेयर बजार प्राथमिकतामा पर्दैछ भन्ने चर्चाले बजार उकालो लागेको हुन् सक्ने एक ब्रोकरले बताए।

उनले भने, बैंकको ब्याजदर नघट्दा सम्म बजारको वृद्धि दिघो हुन् गाह्रो देखिन्छ।

सेयर बजारमा दिनहुँ ठुलो उतारचढाव हुँदा साना र नयाँ लगानीकर्ताहरु अलमलमा देखिएका छन्।

साताको तेश्रो कारोबार दिन परिसूचक उकालो लाग्दा १ सय ६४ कम्पनीको ४७ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्रि भएको छ।

२ करोड ५२ लाख रुपैयाँको कारोबार गरेको नेपाल लाईफ इन्स्योरेन्स धेरै रकमको कारोबार गर्ने कम्पनी बन्यो।

मंगलबार होटल र अन्य बाहेकका उपसूचकहरु उकालो लागेका छन्। सुर्योदय लघुवित्त वित्तीय संस्था धेरै मूल्य बढ्ने कम्पनी बन्दा ओरियन्टल होटल धेरै मूल्य घट्ने कम्पनी बन्यो। सुर्योदयको मूल्य करिब १० प्रतिशतले उकालो लाग्दा ओरियन्टलको मूल्य पनि करिब १० प्रतिशतले नै ओरालो लागेको छ।

 

 

 

 

 

फाल्गुन २२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्