राष्ट्रियसभा सदस्य विवाद: आज पनि सुनुवाइ हुन सकेन

काठमाडौं- राष्ट्रियसभा सदस्यमा पछिल्लोपटक मनोनीत भएका तीन जनासम्बन्धी मुद्दाको सुनुवाइ मंगलबार पनि हुन सकेन।

न्यायाधीशद्वय केदारप्रसाद चालिसे र शारदाप्रसाद घिमिरेको इजलासमा तोकिएको मुद्दाको सुनुवाइ समय अभावले हुन नसकेको सर्वोच्च अदालतले जनाएको छ।

आइतबार निवेदक पक्षका अधिवक्ता बाबुराम जोशीले सर्वोच्चका न्यायाधीश प्रकाश राउतको इजलासले अन्तरकालीन आदेश जारी गरेकाले उनैले फेरि मुद्दा फेर्न नमिल्ने कुरा उठाएपछि आइतबार इजलास स्थगित भएको थियो।

राष्ट्रियसभा सदस्य विवाद : दुई न्यायाधीशको इजलास तोकियो

आइतबार मुद्दाको सुनुवाइका लागि न्यायाधीशद्वय हरिकृष्ण कार्की र प्रकाश रावतको इजलास तोकिएको थियो। सोमबार सर्वोच्च अदालतका पूर्व न्यायाधीश राम नगिना सिंहको निधनमा इजलास स्थगित हुँदा मुद्दाको सुनुवाइ हुन सकेन। सोमबार मुद्दाको सुनुवाईका लागि दिपक कुमार कार्की र शारदाप्रसाद घिमिरेको इजलास तोकिएको थियो।

राष्ट्रियसभा सदस्य विवाद : सर्वोच्चमा सुनुवाई हुँदै

शेरबहादुर देउवा सरकारले गरेको सिफारिस उल्ट्याउँदै केपी शर्मा ओली सरकारले गरेको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले डा. युवराज खतिवडा, राम नारायण विडारी र डा. विमला पौडेललाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी थिइन् । त्यसअघि देउवा सरकारले कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीलाई मनोनित गर्न सिफारिस गरेको थियो ।

विवाद अदालतमा पुगेपछि फागुन १३ गते आइतबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले राष्ट्रियसभा सदस्यमा मनोनित तीनैजनाको शपथ तत्कालका लागि रोक्न आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि तीनजनाले आइतबार शपथ लिन पाएनन् ।

सर्वोच्चको आदेशमा राष्ट्रियसभा सदस्य मनोनयनमा राष्ट्रपतिलाई कार्यकारी अधिकार प्रयोग गर्न पाउने संवैधानिक व्यवस्था नभएको र तत्कालीन सरकारले गरेको सिफारिस बिना संवैधानिक आधार अस्वीकृत गर्न मिल्ने नदेखिएको उल्लेख छ ।

फाल्गुन २२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्