अनुसन्धान भन्छ, ‘अब मधुमेहका बिरामी पाँच प्रकारको’

वैज्ञानिकले मधुमेह पाँच प्रकारको रहेको पत्ता लगाएका छन्। यसका साथे उनीहरुले मधुमेहका बिरामी पनि पाँच अलग अलग प्रकारको भएको दाबी गरेका छन्।

मधुमेह शरीरमा सुगरको मात्रामा वृद्धि भएपछि हुने भएकाले सामान्‍यता: दुई प्रकार (टाइप१, टाइप २) ले मात्रै हेर्ने गरिन्थ्यो तर वैज्ञानिकहरुले नयाँ अनुसन्धानबाट मधुमेह अब पाँच प्रकारको रहेको निष्कर्ष निकालेका छन्।

तर, स्वीडेन तथा फिनल्‍याण्डका शोधकर्ताहरुले भने यो बिरामीसँग जोडिएको अरु पनि धेरै जटिल तस्बिरहरु सार्वजनिक गर्ने प्रयास गरेका छन्। उनीहरुले भनेका छन्, ‘मधुमेह पाँच प्रकारको भएकाले हामीले यसको तस्बिर सार्वजनिक गर्ने प्रयास गरेका छौँ। उपचारको तरिका पनि अलग अलग प्रकारले गर्न सकिन्छ।’

शोधकर्ताहरुले नयाँ अध्‍ययनले मधुमेहको बारेमा धेरै नयाँ जानकारीहरु दिइएको तर यसैको आधारमा उपचार भने सम्भव नरहेको औँल्‍याएका छन्।

यस्तो छ पाँच प्रकारका मधुमेह
विश्‍वभरमा प्रत्‍येक ११ मध्‍ये एक वयस्क मधुमेहबाट पीडित हुन्छन्। मधुमेहकै कारण मुटु छिटो-छिटो चल्‍नु, स्ट्रोक, अन्धोपन तथा मृगौला फेल हुने खतरा हुन सक्छ।

टाइप १ प्रकारको मधुमेहको असर मानिसको प्रतिरक्षा प्रणाली (इम्यून सिस्टम)मा पर्दछ। यो सिधैं शरीरको इन्सुलिन फ्याक्ट्री (बेटा- सेल) मा आक्रमण गर्दछ जसले हाम्रो शरीरले सुगरलाई नियन्त्रण गर्न पर्याप्त मात्रामा हर्मोन उत्पादन गर्न पाउँदैनन्।

टाइप २ प्रकारको मधुमेहको कारण आममानिले गलत तरिकाको जीवनयापन शैली अपनाउने गर्दछन् जसको कारण शरिरमा बोसोमो मात्रा दिनानुदिन बढ्ने गर्दछ। यसले इन्सुलिनमा असर देखाउँदछ।

स्वीडेनका लिउण्ड युनिभरसिटी डायबिटीज तथा फिनल्‍याण्डको इन्स्टिच्‍यूट फर मोलिक्‍युलर मेडिसिनले १४ हजार ७ सय मधुमेह विरामीको रगत परीक्षण गर्दा यस्तो प्रकारको लक्षण देखाएको दाबी गरेको छ।

यो नतिजा पछिल्लो मधुमेहको डायबेटिज एण्ड एणटोक्रिनोलोजीमा प्रकाशित गरिएको बीबीसीले उल्लेख गरेको छ। त्‍यसमा भनिएको छ, ‘मधुमेहका विरामी पाँच फरक फरक क्लस्टरमा बाडिन सकिन्छ।’

ती यस प्रकार राखिएको छ।

क्लस्टर १- गम्भीर प्रकारको अटो इम्युन मधुमेह मोटोपन टाइप १ जस्तै मधुमेह हो। यसको असर युवा उमेरदेखि नै देखिन थाल्छ चाहे ऊ स्वस्थ भए पनि उसको शरीरले इन्सुलिन बनाउने मात्रा कम गर्न सुरु गरिसकेको हुन्छ।

क्लस्टर- यो पनि गम्भीर प्रकारको इन्सुलिनको कमी हुन खालको मधुमेह हो। यसको सुरुवातमा समूह-१ जस्तै लक्षण देखा पर्दछ। यसको असर धेरै मात्रामा युवाहरुमा देखिन थाल्दछ। पहिला उसको तौल ठीक भए पनि इन्सुलिन बनाउने क्षमता गुमाउँदै गइरहेको छ। उसको प्रतिरक्षा प्रणाली पनि कमजोर दिनप्रतिदिन हुँदै गइरहेको हुन्छ।

क्लस्टर-३ यो पनि गम्भीर प्रकारले इन्सुलिन प्रतिरोधी मधुमेहको सिकार विरामीको तौल घट्नु वा बढ्‍नुले निर्धारण गर्दछ। उसको शरीरमा इन्सुलिन बन्‍ने त गर्छ तर शरीरमा त्यसको कुनै असर देखिदैन्।

क्लस्टर ४- हल्का मोटोपसँग जोडिएको मधुमेहबाट पीडित मानिस तथा आमविरामी प्राय भारी तौल भएका नै हुन्छन्। तर उसको पाँचन प्रणालीको क्षमता भने निक्‍कै कमजोर हुन्छ।

क्लस्टर ५- उमेरसँग जोडिएको मधुमेहका विरामी प्रायजसो आफ्नो उमेरभन्दा बाँकी उमेरका मानिसभन्दा धेरै बुढो देखिने गर्दछ।

कुन प्रकारको मधुमेहको उपचार चाँडै ?

शोधमा संलग्‍न एक प्राध्यापक लीफ ग्रूपले बीबीसीसँग भनेका छन्, ‘यो अनुसन्धान महत्वपूर्ण हो किनी यसको माध्‍यमबाट मधुमेहको उपचार छोटो तरिकाबाट हुने सम्भावना बढी हुनेछ,आगामी दिनमा। स्वस्थ शरीरमै मधुमेहको पहिचान गरिए उपचार गर्न सुरुवात गरिदिए राम्रो हुन्छ।’

प्राध्‍यापक लीफले भनेका छन्, ‘ अन्तिम दुई प्रकारको मधुमेह सुरुवाती तीन प्रकारको मधुमेहको उपचार छिट्टै गर्नु उपयुक्त हुनेछ।’ क्लस्टर २ का बिरामी अहिले टाइप २ प्रकारको मधुमेहको श्रेणीमा राखिएको छ किनभने त्‍यो विरामी अटोम्‍युनबाट पीडित हुनबाट बञ्‍चित हुन्छ।

फाल्गुन २३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्