राष्ट्रपतिमा विद्यालाई नै निरन्तरता दिने एमालेको निर्णय

फाइल फोटो

काठमाडौँ- प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ ६ बजेदेखि जारी एमाले स्थायी समिति बैठकले विद्यादेवी भण्डारीलाई नै राष्ट्रपतिमा निरन्तरता दिने निर्णय गरेको छ।

मध्यरातमा एमाले स्थायी समितिका नेताहरु विद्यालाई निरन्तरता दिने निर्णयमा पुगेको एमाले नेता वामदेव गौतमले जानकारी दिए।

मध्यरातपछि बैठकपछि बाहिरिएका एमाले नेता गौतमले भने, रेकर्ड पनि नगर्नू, फोटो पनि नखिच्नू, राष्ट्रपति भण्डारीलाई दोहोर्‍याउने निर्णय भयो, त्यति हो कुरा।’

बामदेव गौतम निस्केको केहीबेरपछि निस्केका एमाले नेता योगेश भट्टराईले पनि विद्यालाई निरन्तरता दिने निर्णय भएको जानकारी दिए। योगेशले भने, झन्डै ८ घन्टाको छलफलपछि भण्डारीलाई दोहोर्‍याउने निर्णय भयो।’

माधव नेपाल, भीम रावल, बामदेव गौतमलगायतले सहमति जनाए पछि निर्णयले सार्थकता पाएको हो।

योगेश भट्टराई।
फाल्गुन २३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्