कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

नेपाली कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर।

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार बिहान बस्दैछ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठक बिहान ९ बजेपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको जानकारी दिएका छन् ।

बैठकमा देशको पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने मुख्यसचिव पौडेलले बताए । कांग्रेसले बैठकमा उपस्थित हुनका लागि पार्टीका पदाधिकारी एवम् सदस्यलाई आमन्त्रण गरेको छ ।

फाल्गुन २३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्