वाम गठबन्धन र फोरमको सहमतिले आज औपचारिकता पाउने

काठमाडौं – वाम गठबन्धन र संघीय समाजवादी फोरम नेपालबिचको सरकारमा सहभागिताका लागि भएको राजनीतिक सहमतिले बुधबार औपचारिकता पाउने भएको छ ।

मंगलबार बिहान वाम गठबन्धन र फोरमबिच दुई मन्त्रालय लिएर फोरम सरकारमा सहभागी हुने सहमति जुटेको थियो। त्यसैका आधारमा फोरमले पार्टीको केन्द्रीय बैठक माफर्त आफू सरकारमा जाने औपचारिक निर्णय समेत गरिसकेकाे छ ।

तर राष्ट्रपतिको उम्मेदवारको टुंगो मंगलबार नै लगाउन प्रधानमन्त्री केपी ओली लगायत शीर्ष नेता व्यस्त रहेका कारण फोरमले कुन कुन मन्त्रालय पाउने भन्ने विषय टुंगोमा नपुग्दा सहमितले अपौचारिकता पाउन सकेको थिएन।

एमाले नेता सवासचन्द्र नेम्वाङले भने, ‘आज सहमति पत्रमा हस्ताक्षर हुन्छ । हामी त्यसको तयारीमा छौँ ।’  तर राष्ट्रपतिको उम्मेदवारी मनोनयन दर्ता लगायतका महत्वपूर्ण कार्यक्रम बुधबार नै परेकाले वाम गठबन्धन र फोरमबिच सहमतिपत्रमा हस्ताक्षर हुने संभावना भने कम छ ।

उपसभामुख, तीनवटा मन्त्री र एक राज्य मन्त्री पाउनुपर्ने आफ्नो पूर्वअडानबाट फोरम पछि हटेपछि गठबन्धनसँग सहमति जुटेको हो ।

फोरमले संविधान संसोधन हुनु पर्ने आफ्नो माग भने यथावत रहेको र संवोधनका लागि संसद बैठक मार्फत दवाव दिन सुरु गरेको छ ।

फाल्गुन २३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्