१९ सय सेट एम्पुलसहित लागुऔषध तस्करको सन्जाल नियन्त्रणमा

फाइल तस्बिर

काठमाडौं- प्रहरीले ठुलो परिमाणको फर्मास्युटिकल्स ड्रग्ससहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दुई नेपाली र एक भारतिय छन्।

जनसेवा वृतले करिब १९ सय सेट एम्पुलसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमध्ये एक जना काठमाडौ‌का  र अर्का बारा बस्ने नेपाली युवा छन्।

बाराका युवाले क्यारियरकाे काम गर्ने र काठमाडौंका युवाले डीलर सन्चालन गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

पछिल्लाे समय फर्मास्युटिकल्स ड्रग्सको तस्करी बढ्दो छ। प्रहरीका अनुसार  भारतबाट ग्रीज ल्याउने नाममा त्यसकाे तलबाट यी लागु औषध लुकाएर ल्याइएको थियो।

फाल्गुन २३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्