सेयरबजार दोहोरो अंकले बढ्यो

काठमाडौं- दुईदिनमा ५८ अंक घटेर मंगलबार करिब ९ अंकले बढेको नेप्से परिसूचक बुधबार पनि १८.६९ अंकले उकालो लागेको छ। अर्थमन्त्री युवराज खतिवडाले सेयर बजारका बिषयमा केहि टिप्पणी नगरेको बताएपछि बजार बढेको हुन् सक्ने ब्रोकरहरुले बताएका छन्। दोहोरो अंकले परिसूचक उकालो लाग्दा कारोबार रकममा भने ठुलो सुधार भएको छैन। साताको अन्तिम कारोबार दिनभरमा १ सय ५८ कम्पनीको ४२ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्रि भएको छ।

बिहिबार नारी दिवसको सार्वजनिक बिदा भएकाले सेयर कारोबार हुने छैन।

बढेको बजारमा नेपाल लाइफ इन्स्योरेन्स धेरै रकमको कारोबार गर्ने कम्पनी  बन्यो। नेपाल लाइफको २ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। बजार उकालो लाग्दा गुमाउने भन्दा कमाउने कम्पनीको संख्याँ ठुलो रहेको छ। कारोबार भएका १ सय ५८ कम्पनी मध्ये १८ कम्पनीको मुल्य ओरालो लाग्दा बाकीं कम्पनी कमाउनेको सुचीमा परे। बुधबार भार्घव विकास बैंकले धेरै गुमाउँदा सुर्योदय लघुवित्त वित्तीय संस्थाले धेरै रकम कमायो। भार्घवको मुल्य ४.२४ प्रतिशतले ओरालो लाग्दा सूर्योदयको मुल्य कारोब १० प्रतिशतले उकालो लाग्यो।

बुधबार बढेको बजारमा उत्पादनमुलक बाहेकका उपसूचकहरु उकालो लागेका छन्।

फाल्गुन २३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्