कौन बनेगा करोडपतीमा चिठ्ठा परेको नाटक, २५ लाख ठगी

काठमाडौं– कौन बनेगा करोडपतीमा करडौंको चिठ्ठा परेको बताएर लाखौं रुपैयाँ ठगी गर्ने एक युवक पक्राउ परेका छन्।

सिन्धुलीका २१ वर्षिय नुर्पु तामाङ पक्राउ परेका हुन्।

इमो र भाइबरबाट फोन गरी आफु कौन बनेगा करोडपतीबाट फोन गरेको र करडौंका चिठ्ठा परेको बताएर कैलालीका शुसिराम चौधरी र कपिलबस्तुका रचना गिरीलाई ठगेका थिए।

चिठ्ठाबापतको रकम पाउन केही रकम अग्रिम दस्तुर तिर्नुपर्ने भन्दै चौधरी र गिरीलाई पैसा पठाउन भनिएको थियो।

महानगरिय प्रहरी वृत गौशालाका प्रमुख डीएसपी अनुपम श्रेष्ठले चौधरी र गिरीले पठाएको पैसा नुर्पुले संकलन गरेको बताए।

फाल्गुन २३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्