रेड कार्ड देखाए, लगतै फिर्ता लिए

बेलायतमा रेफ्रीले खेलाडीलाई रेड कार्ड देखाएर पनि फिर्ता लिएका छन् । बेलायतको नेशनल लिग साउथ अन्तर्गत हेमेल हेम्पस्टेड टाउन र इस्ट थुराक युनाइटेडबिच खेल भइरहेको थियो । रेफ्री थिए डिन हुल्मे

। रेफ्री हुल्मेले हेमेलका खेलाडी सान्चेज वाट्को नामको उच्चारण राम्रोसँग गरेनन् ।

सान्चेजले आफ्नो नाम सच्याए वाट् भनेर तर रेफ्रीले सुने ह्वाट् । अनि देखाए रेड कार्ड ।

विवाद भयो । खेलाडीले आफूले ह्वाट् नभइर आफ्नो नाम सच्याएको वाट् भनेको बताए । अनि रेफ्रीले रेड कार्ड र्फिर्ता लिए ।

मानवीय गल्तीका कारण रेड कार्ड प्रकरण भएको हेमेलले बताएको छ । यो घटना सबैका लागि मनोरञ्जन जस्तै भयो ।

फाल्गुन २४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्