विश्व मिर्गौला दिवसमा र्‍याली (फोटो फिचर)

काठमाडौं – विश्व मिर्गौला दिवस बिहीबार नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाईंदै छ । ‘मिर्गौला र महिला स्वास्थ्य’ भन्ने नाराका साथ दिवस मनाईंदैछ । दिवसको अवसरमा काठमाडौंमा नेपाल मिर्गौला प्रतिष्ठानले सचेतनामुलक र्‍याली गरेको छ ।

मिर्गौला रोगबारे जानकारी दिन र यसबाट बँच्न अपनाउनु पर्ने उपायबारे जानकारी दिने उद्देश्यले हरेक वर्ष मार्च महिनाको दोस्रो बिहीबार विश्व मिर्गौला दिवस मनाउने गरिन्छ ।

नेपालमा कुनै न कुनै रुपमा ३० लाखजनामा मिर्गौला सम्बन्धी समस्या रहेको अनुमान छ ।

मिर्गौला रोगको पहिलो चरणमा कुनै लक्षण नदेखिने र अन्तिम अवस्थामा मात्रै विभिन्न लक्षण देखिने भएकाले वर्षको एकपटक परीक्षण गर्नुपर्नेमा मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरका डा. पुकारचन्द्र श्रेष्ठले जोड दिए ।

 

फाल्गुन २४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्