सन्दर्भ : अन्तर्राष्ट्रिय महिला दिवस

महिला प्रहरीलाई भीभीआइपीकै चिन्ता !

भीभीआइपीको सुरक्षार्थ खटिएका महिला प्रहरीहरु। राष्ट्रिय सभागृहमा आयोजित अन्तराष्ट्रिय नारी दिवसको उद्घाट समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी आउने भनिए पनि उपराष्ट्रपतिले उद्घाटन गरेका थिए। तस्बिर- सुलभ श्रेष्ठ/देश सञ्‍चार

काठमाडौं- अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस बिहीबार विभिन्‍न कार्यक्रम गरी मनाइरहँदा नेपाल प्रहरीमा कार्यरत महिला प्रहरीहरु भने आफ्नो ड्‍युटीमा व्‍यस्त देखिन्थे।

विहीबार राजधानीको राष्ट्रिय सभागृहमा अन्‍तराष्ट्रिय नारी दिवसको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी आउने भएपछि महिला प्रहरीहरु अलर्ट भएर आफ्नो ड्युटीमा खटिएका हुन्।

भीभीआइपीको सुरक्षार्थ खटिएका महिला प्रहरीहरु। राष्ट्रिय सभागृहमा आयोजित
अन्तराष्ट्रिय नारी दिवसको उद्घाट समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी आउने भनिए पनि उपराष्ट्रपतिले उद्घाटन गरेका थिए। तस्बिर- सुलभ श्रेष्ठ/देश सञ्‍चार

उनीहरु आफ्नो युनिफर्ममा भीभीआइपीको सुरक्षार्थ हेतु दिलो ज्‍यान दिएर खटिएक देखिन्थे। महिलालाई महिलाका रुपमा अनि सिंगो मानवका रुपमा स्थापित गराउने आन्दोलनको विशेष दिनको रुपमा लिइए पनि उनीहरुलाई भने भीभीआइपीको सुरक्षाको चिन्ता देखिन्थ्यो।

देश सञ्‍चारका फोटो पत्रकार सुलभ श्रेष्ठले आफ्नो क्‍यामरामा कैद गरेका केही तस्बिरहरु

तस्बिरहरु- सुलभ श्रेष्ठ/देश सञ्‍चार

फाल्गुन २४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्