सभामुखमा कृष्णबहादुर महराले दिए उम्मेदवारी

काठमाडौँ- माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी दर्ता गराएका छन्।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा उनले सभामुखको उम्मेदवारी दर्ता गराएका हुन्। उनको उम्मेदवारीलाई एमाले नेता तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले प्रस्ताव गरेका छन् भने माओवादी केन्द्रका नेता देव गुरुङले समर्थन गरेका छन्।

उम्मेदवारीको दर्तालगतै पत्रकारलाई प्रतिक्रिया दिँदै महराले संविधान कार्यान्वयन र नयाँ कानुन निर्माणका लागि प्रतिबद्ध भएर जिम्मेवारी पूरा गर्ने बताए।

फाल्गुन २५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्