काठमाडौँ- प्रतिनिधिसभाको सभामुखमा कृष्णबहादुर महरा निर्विरोध निर्वाचित भएका छन्।

माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले प्रतिनिधिसभाको सभामुख पदमा एकल उम्मेदवारी दिएपछि उनी निर्विरोध भएका हुन्। कांग्रेसले सभामुखमा उम्मेदवारी दिएन।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा उनले शुक्रबार सभामुखको उम्मेदवारी दर्ता गराएका थिए। उनको उम्मेदवारीलाई एमाले नेता तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले प्रस्ताव गरेका थिए भने माओवादी केन्द्रका नेता देव गुरुङले समर्थन गरेका थिए।

उम्मेदवारीको दर्तालगतै पत्रकारलाई प्रतिक्रिया दिँदै महराले संविधान कार्यान्वयन र नयाँ कानुन निर्माणका लागि प्रतिबद्ध भएर जिम्मेवारी पूरा गर्ने बताएका थिए।

फाल्गुन २५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्