काठमाडौँ- सभामुखमा शुक्रबार निर्विरोध चयन भएका माओवादी केन्द्रका कृष्णबहादुर महरा माओवादी मूलधारको राजनीतिमा आएपछि कहिल्यै महत्वपूर्ण पदबाट विमुख भएका छैनन्।

उनी अहिलेसम्म ४ पटक उपप्रधानमन्त्रीसहित ६ पटक मन्त्री र ५ पटक सांसद बनिसकेका छन्।

२०४८ सालमा जनमोर्चाबाट पहिलोपटक उनी सांसद बनेका थिए। त्यसपछि पुनर्स्थापित संसद, २०६४, २०७० र २०७४ मा उनी सांसद बनेका हुन्।

२०४८ मा अमिक शेरचनलाई संसदीय दलको नेताबाट हटाएर उनी आफैँ नेता बनेका थिए। शान्ति प्रक्रियापछि माओवादीले राजकीय पदमा अवसर पाउँदा उनी कहिल्यै छुटेका छैनन्। तत्कालीन माओवादीले बनाएको दुई वटा वार्ता टोलीका सदस्य समेत बनेका थिए महरा।

नेपाली कांग्रेसले उम्मेदवारी नदिएपछि शुक्रबार उनी निर्विरोध रुपमा प्रतिनिधिसभाको सभामुख चयन भएका हुन्।

फाल्गुन २५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्