प्रदेश ४ मुख्यमन्त्री गुरुङलाई विश्‍वासको मत

पृथ्वीसुब्बा गुरुङ । तस्बिर : जमुना वर्षा शर्मा/देश सञ्चार

कास्की- प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार विश्वासको मत प्राप्त गरेका छन्। दिउँसो एक बजे बसेको प्रदेश सभाको बैठकबाट गुरुङले विश्वासको मत प्राप्त गरेका हुन्।

उनको पक्षमा ४१ मत प्राप्त भएको  छ भने विपक्षमा कांग्रेस १५ र नयाँ शक्तिको २ गरी १७ मत परेको थियो।

संविधानको धारा १६८ को उपधारा ४ बमोजिम मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिन भित्र संसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ। माघ २८ गते एमाले संसदीय दलको नेताका रुपमा निर्वाचित गुरुङले २९ गते प्रदेश प्रमुख बाबुराम कुँवरबाट मुख्यमन्त्री पदको नियुक्ति लिएका थिए ।

गुरुङले विश्वासको मत प्राप्त गरेपछि मुख्यमन्त्री विरुद्ध २ वर्षसम्म अविश्वासको प्रस्ताव लैजान नमिल्ने संवैधानिक व्यवस्था रहेको छ।

फाल्गुन २५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्