काठमाडौं- आउँदो चैत २ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘पञ्चायत’ को भिआइपी प्रिमियर शो गरिएको छ।

शुक्रवार कमलपोखरीमा रहेको कुमारी हलमा गरिएको प्रिमियरमा पुष्पकमल दाहाल प्रचण्ड, ओनसरी घर्ती, वर्षमान पुन, झलनाथ खनाल, योगेश भटराई, मात्रिका यादव, जनार्दन शर्मा, मिनेन्द्र रिजाल, सर्वेन्द्र खनाललगायत दर्शक थिए।

देशभरिका सयभन्दा बढी  हलहरुमा प्रदर्शन हुने तयारीमा छ, पञ्चायत। गाउँको सामाजिक विषय र न्याय प्रणालीलाई आधार बनाएर चलचित्र निर्माण गरिएको छ। चलचित्र ‘पञ्चायत’ मौलिक र अर्गानिक चलचित्र भएको निर्माण टिमले जनाएको छ।

चलचित्रमा सरोज खनाल, नीता ढुंगाना, रुपा राना लगायतका कलाकारको मुख्य भूमिका छ। रामेश्वर कार्कीले खिचेको चलचित्रमा टंक वुढाथोकीको संगीत र रामजी लामिछानेको कोरियोग्राफी छ।

चलचित्रको ट्रेलरमा एक किशोरी, उनको सोच र त्यसले निम्त्याएको परिणामको कथा देखाउन खोजिएको छ। चलचित्रका कार्यकारी निर्माता रवि अधिकारी हुन्। चलचित्र हेरेपछि सबै नेताले चलचित्र एकपटक हेर्नुपर्ने खालको रहेको बताएका छन्।

भीआइपी दर्शकहरुलाई पछ्याएकी देशसञ्चारकी फोटो पत्रकार बर्षा शाहका तस्बिरहरु: