स्वास्थ्य

रक्तअल्पता : कारण, लक्षण र उपचार

3d rendered illustration of many blood cells

काठमाडौं – रगतमा हेमोग्लोबिनको मात्रा घट्नु या सामान्य भन्दा कम हुनुलाई रक्तअल्पता भन्ने गरिन्छ । हेमोग्लोबिन रगतमा हुने विभिन्न तत्व मध्ये रातो रक्तकोष एउटा यस्तो तत्व हो जसले अक्सिजनयुक्त रगतलाई शरीरका विभिन्न भागमा पुर्‍याउने गर्छ ।

यदि रगतमा हेमोग्लोबिनको मात्रा कम भयो भने अक्सिजनयुक्त रगत शरीरको विभिन्न भागमा पु¥याउने क्षमतामा ह्रास आउँछ ।

फलस्वरुप शरीरलाई जती अक्सिजन चाइने हो त्यती मात्रामा नहुँदा श्वासप्रश्वास सम्बन्धी लगायतका समस्या देखिने नारायणी सामुदायिक अस्पताल चितवनका ल्याब टेक्नोलोजिस्ट नविन आचार्य बताउँछन् ।

लक्षण

श्वासप्रश्वास छिटो छिटो हुनु
थकान महसुस हुनु
मुटुको धड्कन बढ्नु
रिंगटा लाग्ने
छटपटी हुने
छालाको रंग हलुका पहेलो देखिनु

कारण

रगतमा फलामको तत्वको कमी हुनु
राता रक्तकोष बनाउने भिटामिनको कमी भएमा
रगतमा बनेका राता रक्तकोषको समय नपुग्दै नष्ट भएमा
शरीरबाट रगतको क्षय हुने पुराना समस्या भएमा
राता रक्तकोष बनाउनका लागी आवश्यक पर्ने इरिथ्रोपोइटिन हामोर्नको कमीका कारण

रोकथाम

समय समयमा स्वास्थय जाँच गराउने
रक्तअल्पता भए नभएको पत्ता लगाउने
यदि भएको भए थाहा हुनसाथ के कारणले भएको हुनसक्छ त्यस विषयमा निधो गर्ने
र, उपचार गर्ने ।

उपचार

भिटामिन फोलिक एसिड र फलामको कमीका कारण भएको छ भने यस्ता तत्व भएका खानेकुरा प्रश्सत मात्रामा खाने जस्तैः रातोमासु, हरिया सागपात, सिमी
माहिनावारीको गडबडीको कारण लामो समयसम्म रगत बगिरहेमा हर्मोनको जाँच गराई उपचार गराउनु पर्छ ।
अंकुशे जुकाका कारण पनि रक्ताल्पता हने सक्ने भएकाले दिसामा अंकुशे जुकाको परीक्षण गराउने ।

फाल्गुन २६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्