१०५ रन जोड्दा एक विकेट गुमाएकाे नेपाल १९४ रनमा यसरी अलआउट भयो

काठमाडौं- आईसिसी विश्वकप छनोटको आफ्नो तेस्रो खेलमा नेपाल  अफगानिस्तानलाई रनको १९५ लक्ष्य दिएको छ।

टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको नेपालले   निर्धारित ४९ ओभर पाँच बलमा  सबै  विकेट गुमाएर १९५ रन जोड्यो ।

नेपालका कप्तान पारस खड्का ७५,   दीपेन्द्रसिंह एेरी ३२, उपकप्तान ज्ञानेन्द्र मल्ल २३ र अनिल शाह सात रनमा आउट भए। रोहित पौडेल भने एक रनमा पवेलियन फर्किए। आरिफ शेखले २३ र सोमपाल कामीले नौ रन बनाए। करन केसीले ६ र बसन्त रेग्मीले ९  रन बनाए। सन्दिपले भने खाता खोल्न सकेनन्।

पारस र ज्ञानेन्द्रबीच दोस्रो विकेटका लागि ९२ रनको साझेदारी भयो। नेपालले एक सय पाँच रन जोड्दा केवल एक विकेट मात्र गुमाएको थियो। तर एक सय २३ रन जाेड्दा नेपालका पाँच ब्याट्सम्यान आउट भइसकेका थिए।  २६ औं ओभरको अन्तिम बलमा उपकप्तान ज्ञानेन्द्र मल्ल दोस्रो विकेटका रुपमा विश्व नम्बर एक बलर रसिद खानको बलमा आउट भए। ज्ञानेन्द्रले ६९ बलमा दुई चौका प्रहार गर्दै २३ रन बनाए।

२९ औं ओभरको चौथो बलमा पारसलाई भेट्रन स्पिनर मोहम्मद नाबीले आउट गरे। नेपालले अन्तिम १० बलमा केवल दुई रनमात्र जोड्न सक्यो भने तीन विकेट गुमाएको थियो।

पारस र ज्ञानेन्द्रको राम्राे साझेदारी भएपछि नेपालले कम्तीमा २२० रनभन्दा माथी बनाउने स‌ंकेत देखिएको थियो। तर अफगानिस्तानका अनुभवी बलर रसिद खान र माेहम्मद नाबीले नेपाललाई आफ्नो लक्ष्यसम्म पुग्न दिएनन्।

नेपालले ४३ ओभरमा पाँच  विकेट गुमाएर एक सय ७६ रन जोडेको थियो। यो स्थीतिमा पनि नेपालले कम्तीमा  २२० रन सजिलै बनाउने स्थीति देखिएको थियो। ४५ औं ओभरमा आरिफ नाबीको बलमा आउट भएपछि नेपालको रनको गति एक्कासी निकै कम भएको थियो।

आरिफ आउट भएपछिका लगातार १४ बलमा नेपालले केवल तीन रनमात्र जोड्न सक्यो। नेपालले ४९  औं ओभरमा दुई विकेट गुमाएर पाँच रन जाेड्यो भने अन्तिम ओभरमा एक रन पनि जोड्न सकेन।

अफगानिस्तानका नाबीले १० ओभरमा ३३ रन खर्चिएर चार विकेट लिँदा उनले आरिफ , सोमपाल , रोहित र पारसलाई आउट गरेका थिए। रसिदले ज्ञानेन्द्र , दीपेन्द्र र ललित राजबंशीलाई आउट गरे। उनले ९‍ ओभर पाँच बलमा ४५ रन खर्चिएर तीन विकेट लिए।

अफगानिस्तानका युवा स्पीनर मुजिब उल रहमानले १० ओभरमा एक मेडन राखेर २४ रन खर्चदै‌ एक विकेट हात पारे।

सम्बन्धित समाचार 

अफगानिस्तानलाई नेपालद्धारा १९५ रनको लक्ष्य, पारस एक्लैको ७५ रन

फाल्गुन २६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्