
शेरधन राई।
विराटनगर- प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले आउँदो जेठभित्र स्थायी राजधानीको टुङ्गो लाग्ने बताएका छन्।
काठमाडौंमा शनिबार आयोजित एक साक्षात्कार कार्यक्रममा मुख्यमन्त्री राईले भने, ‘राजधानी तय गर्दा कसैको पनि दवावमा नपरी निर्णय लिने छौँ।’
सोही क्रममा मुख्यमन्त्री राईले प्रदेशको राजधानी तय गर्ने काम दबाबमा नहुने स्पष्ट पारेका थिए। उनले भने, ‘प्रदेशको राजधानी तोक्ने काम प्रदेश सभाको दुई तिहाई बहुमतले गर्ने संवैधानिक व्यवस्था छ। यसै अनुसार अघि बढ्न सकिनेछ।’
विकास र समृद्धिको नारा लिएर अघि बढेका मुख्यमन्त्री राईले प्रदेश नम्बर १ लाई नमूना प्रदेश बनाउने गरी गुरुयोजना बनाउन लागिएको उल्लेख गरे।