कथित बोक्सी घटनामा आरजुद्वारा कारबाहीको माग

काठमाडौँ- नेपाली कांग्रेसकी नेतृ आरजु देउवाले  कैलालीको घोडाघडी नगरपालिका ५ देउकलीकी २० बर्षीय राधा चौधरीमाथि कथित बोक्सीको आरोपमा भएको कुटपिट महिलामाथि भएको हिंसाको सबैभन्दा दर्दनाक र कारुणिक रुप भएको उल्लेख गर्दै कडा शब्दमा भर्त्सना गरेकी छन्।

विश्वभरि नारी दिवस मनाइरहेकै बेला गत विहीबार भएको उक्त घटनामा सोही क्षेत्रका मेयर ममताकुमार चौधरीले मिलापत्र गराएर दोषीलाई छुटाउन खोज्नु अर्को हिंसाको रुप भएको उल्लेख गर्दै उनले फेसबुकमा स्टाटस राखेकी छन्।

‘म नेपाल सरकारसँग तत्काल घटनाका मुख्य दोषी रामबहादुर चौधरीलगायत सबै दोषीलाई कडाभन्दा कडा कारबाही गरी पीडित राधाको सुविधासम्पन्न अस्पतालमा उपचार गराई जीवन सुरक्षा प्रदान गर्दै उचित क्षतिपूर्ति दिलाउन जोडदार माग गर्दछु,’ आरजुले लेखेको स्टाटसा छ।

फाल्गुन २६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्