स्वास्थ्य बिग्रेपछि रेशमलाई राजधानी ल्याएर वीर अस्पतालमा भर्ना

बेहोस भएर उपचारका लागि सेती अञ्चल अस्पताल पुर्‍याइएका रेशम चौधरी। तस्बिर: दीपक जोशी

धनगढी- ७ दिनदेखि अनशनरत टीकापुर घटनाका मुख्य योजनाकारका आरोपमा पुर्पक्षका लागि थुनामा रहेका रेशम चौधरी अस्नशनकै क्रममा अस्वस्थ भएपछि उनलाई प्लेन चढाएर राजधानी ल्याई वीर अस्पतालमा राखिएको छ।

वीर अस्पताल स्रोतका अनुसार उनको यहाँ उपचार सुरु भएको छ।

स्वास्थ्य अवस्था बिग्रेपछि शनिबार उनलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको। उनी बुद्ध एयरको विमानबाट साँझ काठमाडौँ आइपुगेका हुन्।

सेती अञ्चल अस्पतालमा पुर्‍याएर उपचार सुरु गरिएका रेशमलाई अन्यत्र लैजान चिकित्सकले सुझाव दिएपछि उनलाई बुद्ध एयरको ५:२० को विमानद्वारा राजधानी ल्याइएको हो।

टिकापुर घटनाको झुटा मुद्दा खारेज गर्नुपर्ने, आफूलाई चुनाव जितेको प्रमाणपत्र दिनुपर्ने र प्रतिनिधि सभा सदस्यको सपथ खान पाउनुपर्ने लगायतका माग राखी अनशन बसेका चौधरीको स्वास्थ्य अवस्था बिग्रिएपछि शनिबार उनलाई राजधानी ल्याइएको हो।

फाल्गुन २६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्