मेस्सी बने तेस्रो सन्तानको पिता, सिरोको स्वागतमा व्यस्त, खेल्न पाएनन्

बार्सिलोना तथा अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेस्सी तेस्रो सन्तानको पिता बनेका छन् । उनीकी श्रीमती एन्तोनेलाले शनिबार छोरा जन्माएकी हुन् । मेस्सी र एन्टोनेलाका यसअघि नै दुई छोराका अभिभावक हुन् ।

मेस्सी तेस्रो सन्तानको पिता बनेको खबर ट्वीटर मार्फत सबैभन्दा पहिले स्पेनिस पत्रकार अल्फ्रेडो मार्टिनेजले सार्वजनिक गरेका हुन् । मेस्सीको तेस्रो छोराको नाम सिरो हो ।

यसअघि उनीका थिएगो र मातेओ नाम गरेका दुई छोरा भइसकेका छन् । मेस्सीका जेठो छोरा थिएगोको सन् २०१२ नोभेम्बर २ मा जन्म भएको थियो ।

यस्तै दुई वर्षअघि दोस्रो सन्तानको रुप्मा मातेओ जन्मिएका थिए र अहिले सिरोको जन्म भएको हो । पाँच वर्षको अवधिमा मेस्सी तीन छोराका पिता बनेका छन् ।

सिरोको जन्मसँगै मेस्सीले शनिबार बेलुका ला लिगा अन्तर्गत मालागासँगको खेलमा अनुपस्थित रहे । र पनि बार्सिलोना २–० ले विजयी भयो ।

मेस्सी बिनाको खेलमा पनि बार्सिलोना विजयी

मेस्सीको आधिकारिक फेसबुक पेजमा सिरोको स्वागत गरेका छन् भने आमा र बच्चा दुवै स्वस्थ रहेको पनि जानकारी दिएका छन् । मेस्सीले सिरोको हात समात्दै गरेको तस्बिर पनि पोस्ट गरेका छन् ।

फाल्गुन २७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्