सभामुख महराले आज शपथ लिँदै

सभामुखमा सर्वसम्मत चयन भएका कृष्णबहादुर महरा। तस्बिर: बर्षा शाह
काठमाडौं – प्रतिनिधिसभाको सभामुखमा सर्वसम्मत छानिएका कृष्णबहादुर महराको आइतबार शपथ लिँदै छन् । शपथ ग्रहण कार्यक्रम राष्ट्रपति कार्यालय शीतल निवासमा बिहान ११ बजे हुनेछ ।
वाम गठबन्धनको समर्थनमा एकीकृत माओवादीका महराले शुक्रबार सभामुखका लागि उम्मेदवारी दिएका थिए । उनको एकल उम्मेदवारी परेको थियो ।
अरुको उम्मेदवारी नपरेपछि महरा सभामुख बन्ने पक्का भएको थियो । तर, संघीय संसद सचिवालयले महरा सभामुखमा सर्वसम्मत भएको जानकारी शनिबार गराएको हो ।
सम्बन्धित समाचार
सभामुख घोषित भएपछि महराको चम्किएको अनुहार (फोटो फिचर)