सभामुख महराले लिए शपथ

शपथ लिँदै सभामुख कृष्णबहादुर महरा । तस्बिर : रासस
काठमाडौं – सभामुख कृष्णबहादुर महराले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आइतबार बिहान ११ बजे राष्ट्रपति विद्यादेवि भण्डारीबाट पद तथा गोपनीयता शपथ लिएका हुन् ।
महरा शनिबार सर्वसहमत सभामुखमा निर्वाचित भएका थिए । वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका महरालाई प्रमुख प्रतिपक्षी कांग्रेसले समेत समर्थन गरेको छ ।
शपथपछि महराले पदभार ग्रहण गरेका छन् । उनको अध्यक्षमा आइतबार दिउँसो १ बजे प्रतिनिधिसभाको पहिलो बैठक बस्दैछ ।
सम्बन्धित समाचार