बसको ठक्करबाट एकजनाको मृत्यु

सुर्खेत – जुम्लाबाट काठमाडौंका लागि छुटेको ना ४ ख ७२४३ नं. को बसको ठक्करबाट एकजनाको ज्यान गएको छ ।

जुम्लाको तातोपानी गाउँपालिका–२ सुन्दरगाउँकी २७ वर्षीया माया सार्की रहेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक चुडामणि पुनले जानकारी दिए ।

जुम्लाको जर्मी र लिताकोट गाउँबिचको सडकमा उक्त घटना घटेको हो । प्रहरीले कैलालीको टीकापुर– ६ घर भएका बस चालक देव विसीलाई पक्राउ गरेको छ । सार्कीको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लगिएको प्रहरीले जनाएको छ ।

फाल्गुन २७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्