महराद्वारा दौरासुरुवाल लगाएर संसदको अध्यक्षता

राष्ट्रपति कार्यालयमा शपथ लिने क्रममा सभामुख कृष्णबहादुर महरा। तस्बिर: रासस

काठमाडौँ- प्रतिनिधिसभाका नवनियुक्त सभामुख कृष्णबहादुर महराले आइतबार संसदको अध्यक्षता गरेका छन्।

११ बजे राष्ट्रपति कार्यालयमा शपथ लिएर संसद पुगेका महराले सार्वजनिक जीवनमा पहिलोपटक दौरासुरुवाल लगाएका छन्। उनले शपथका क्रममा पनि दौरासुरुवाल नै लगाएका थिए।

एमाले-माओवादी तर्फबाट सभामुखको उम्मेदवारी दिएका महराबिरुद्ध कुनै पनि उम्मेदवारी नपरेपछि उनी निर्विरोध सभामुख बनेका हुन्।

 

सम्बन्धित समाचार 

सभामुख महराले लिए शपथ

सभामुुखमा यसरी छानिए कृष्णबहादुर महरा

फाल्गुन २७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्