अब देशमा भ्रष्टाचार हुँदैन: प्रधानमन्त्री ओली

संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली। फाइल तस्विर

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत लिन सांसदहरुसँग आग्रह गरेका छन्।

आइतबार संसदमा बोल्दै प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्री हुनका लागि प्रधानमन्त्री भएको नभई देशमा परिवर्तन गर्न आएको बताए। ‘अब देशमा भ्रष्टाचार हुँदैन,’ उनले भने, सरकार दमनकारी बन्ने होइन, सुशासन दिनेछ।’

सरकारले विकास गर्छ भन्नेमा विश्वास गर्नसमेत उनले सांसदहरुसँग आग्रह गरे। उनले आफूलाई मत हाल्न प्रतिपक्षलाई समेत आग्रह गरेका छन्।

संसदमा विश्वासको मत हासिल गर्नुअघि यसमाथि छलफल चलिरहेको छ।
सम्बन्धित समाचार 

ओलीलाई नेपालको बधाई, भने–भ्रष्टाचारको जालो च्यात्नु पर्छ

फाल्गुन २७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्