हामी जिम्मेवार प्रतिपक्ष बन्छौँ- कांग्रेस उपनेता गच्छदार

काठमाडौँ- प्रधानमन्त्री केपी सरकारलाई समर्थन गर्दै आफूलाई मतदान गर्न आइतबार संसदमा आग्रह गरेपछि नेपाली कांग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छदारले जिम्मेवार प्रतिपक्ष बन्‍ने बताएका छन्।

गच्छदारले संसदमा ओलीलाई जवाफ दिँदै भने, प्रतिपक्ष बिनाको संसद हुँदैन। संसदीय व्यवस्थामा सत्ता र प्रतिपक्ष हुन्छ, हुनुपर्छ।’

उनले गुण र दोषका आधारमा सरकारको समर्थन र विरोध गर्ने उल्लेख गर्दै जिम्मेवार प्रतिपक्ष बन्‍ने बताएका छन्।

फाल्गुन २७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्