प्रदेश ५: मुख्यमन्त्रीले प्राप्त गरे विश्‍वासको मत

दाङ-प्रदेश नम्वर ५ का मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत पाएका छन्।

प्रदेशसभाको आइतबारको बैठकमा पोखरेलको पक्षमा ६६ मत परेको छ भने विपक्षमा १८ मत परेको छ।

एमाले प्रदेशसभा संसदीय दलका नेता पोखरेल माओवादीको समर्थनमा मुख्यमन्त्री बनेका थिए।

मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको समृद्धि र राजधानीका विषयमा चर्चा गर्दै विश्वसको मत मागेका थिए।

फाल्गुन २७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्