चैत २ गते उपसभामुखको निर्वाचन

काठमाडौँ- प्रतिनिधिसभाका उपसभामुखको चयन आगामी चैत २ गते शुक्रबार १३.०० बजे हुने भएको छ।

प्रतिनिधिसभाको आजको बैठकले उपसभामुखको मिति तोकेको हो।

सभामुख कृष्णबहादुर महराले उपसभामुख चयनको निर्वाचन प्रक्रिया तत्काल अगाडि बढाउन संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भटृराईलाई निर्देशन दिए।

प्रतिनिधिसभाको अर्को बैठक आगामी चैत २ गते १३.०० बजे बस्‍नेछ।

फाल्गुन २७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्