आफ्नै फ्यानले मैदानमै गएर कुटे खेलाडी

विपक्षी टिमका समर्थकले होइन आफ्नै समर्थकले खेलाडीलाई मैदानमै गएर कुटेका छन् ।

फ्रेन्च लिग वान फुटबल अन्तर्गत आइतबार बेलुका भएको खेलको क्रममा लिलेका फ्यानले मैदानमा गएर आफ्नो टिमका खेलाडीलाई कुटेका हुन् । यो खेलमा लिले मोन्टेलियरसँग १–१ को बराबरीमा रोकिएको थियो ।

खेलको अन्तिममा लिलेका फ्यान मैदानमा गएर आफ्ना केही खेलाडीलाई किक प्रहार गरेको टिभी फुटेजमा देखिएको छ ।

फ्रन्चे लिगका अधिकारीले यो घटनाका सम्बन्धमा अनुसन्धान सुरु भएको जनाएका छन् । पछिल्लो पटक सन् २०११ मा लिग वानको उपाधि जितेको लिले यो सिजन अंक तालिकामा पुछारबाट दोस्रो स्थानमा छ ।

फाल्गुन २८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्