केएमसीमा राखिएका ६ शवको सनाखत

काठमाडौँ- युएस बांग्ला विमान दुर्घटनामा परेर सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज पुर्याइएका ८ जनालाई चिकित्सकले मृत घोषणा गरेका थिए। मृतकमध्ये २ जनाको अझै सनाखत भएको छैन भने बाँकी ६ को सनाखत भइसकेको छ।
चिकित्सकले मृत घोेषणा गरेकामध्ये सनाखत भएका छ जनाको नाम:
प्रविण चित्रकार, ३८ बर्ष
हरिशंकर पौडेल, ३५ बर्ष
सजना देवकोटा, ३० बर्ष
पृथुला रसिद, ३५ बर्ष
ख्वाजा हुसेन, ३५ वर्ष
रकिबुल हुसेन, ३० बर्ष
चालक दलका ४ सहित ७१ जना चढेको विमान दुर्घटनामा पर्दा ठूलो संख्यामा यात्रुको निधन भएको विमानस्थलका सुरक्षाकर्मीले जानकारी दिएका छन्।