केएमसीमा राखेका शवमध्ये दुई चालक दल सदस्य

अस्पतालमा निधन भएका र उपचाररत यात्रुहरु। तस्बिर: विन्दु शर्मा

काठमाडौँ- युएस बांग्ला विमान दुर्घटनामा परेर सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज पुर्‍याइएका ८ जनालाई चिकित्सकले मृत घोषणा गरेका थिए। यीमध्ये दुई चालक दलका सदस्य रहेको अस्पतालले जानकारी दिएको छ। मृतकमध्ये २ जनाको अझै सनाखत भएको छैन भने बाँकी ६ को सनाखत भइसकेको छ।

अस्पतालमा ल्याएका २२ जनाको अवस्था अस्पतालले सार्वजनिक गरेको छ। (सूची हेर्नुहोस्)

चिकित्सकले मृत घोेषणा गरेकामध्ये सनाखत भएका छ जनाको नाम:

प्रविण चित्रकार, ३८ बर्ष

हरिशंकर पौडेल, ३५ बर्ष

सजना देवकोटा, ३० बर्ष

पृथुला रसिद,  ३५ बर्ष

ख्वाजा हुसेन, ३५ वर्ष

रकिबुल हुसेन, ३० बर्ष

यीमध्ये पृथुला रसिद एक पाइलट हुन् भने ख्वाजा हुसेन चालकदलका सदस्य।

चालक दलका ४ सहित ७१ जना चढेको विमान दुर्घटनामा पर्दा ठूलो संख्यामा यात्रुको निधन भएको विमानस्थलका सुरक्षाकर्मीले जानकारी दिएका छन्।

फाल्गुन २८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्