जब जिउँदै जलेका शवहरु विमानबाट निकालिँदै थिए.‍‍.. (१४ तस्बिर)

सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको युएस बांग्लाको विमानबाट जलेका लाशहरु निकाल्‍दै नेपाली सेना।विमानमा ३३ जना नेपाली रहेको विमानस्थल अधिकारीले पुष्टि गरेका छन्। तस्बिर-सुलभ श्रेष्ठ/देश सञ्‍चार

काठमाडौँ- सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको युएस बांग्ला एयरको विमानमा ३३ जना नेपाली रहेको पुष्टि भएको छ।

विमानमा चालकदलका ४ सहित ७१ जना यात्रु रहेकोमा त्यसमध्ये ३३ जना नेपाली भएको विमानस्थल अधिकारीले पुष्टि गरेका छन्।

त्यसमध्ये केही नेपाली विद्यार्थीसमेत छन्। विमान दुर्घटनामा ४९ यात्रुको ज्यान गएको सुरक्षाकर्मीले जानकारी दिएका छन्।

गम्भीर घाइतेहरुलाई राजधानीका विभिन्न अस्पताल पुर्‍याइएको छ।अधिकांश यात्रुको अवस्था ‘दुखद्’ रहेको विमानस्थलमा खटिएका सुरक्षाकर्मीले बताएका छन्।

विमानस्थल पुगेका देशसञ्चारको फोटो पत्रकार सुलभ श्रेष्ठले आफ्नो क्‍यामरामा कैद गरेका तस्विरहरु।

तस्बिरहरु- सुलभ श्रेष्ठ/देश सञ्‍चार

फाल्गुन २८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्