विमान दुर्घटनामा ४९ यात्रुको ज्यान गयो, २२ को उपचार हुँदै

दुर्घटनामा भग्नावशेष भएको विमान। तस्बिर: बर्षा शाह
काठमाडौँ- युएस बांग्ला एयरको ४ चालकदलका सदस्यसहित ७१ यात्रु लिएर ढाकाबाट काठमाडौँ आएको विमानका ४९ यात्रुको ज्यान गएको सुरक्षाकर्मीले जानकारी दिएका छन्।
अन्य २२ जनाको काठमाडौँ मेडिकल कलेज, नर्भिक अस्पताल र मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।
विमानमा २८ महिला, ३७ पुरुष, २ बालबालिका र चालकदलका ४ सदस्य थिए।