विमान दुर्घटनाबारे छानबिन समिति गठन गर्न देउवाको आग्रह

फाइल फोटो

काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवाले युएस बंगाला विमान दुर्घटनामा परी मुत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

सोमबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा उक्त ढाकाबाट काठमाडौंतर्फ आएको विमान दुर्घटनाग्रस्त भएको थियो।

देउवाले दुर्घटनामा परी घाइते भएकाहरुलाई तत्काल उपचार गराउन सरकारसँग आग्रह गर्दै स्वास्थ्य लाभको कामना समेत गरेका छन्।

‘त्रिभुवन विमानस्थलमा युएस बंगला विमान दुर्घटनाको खबरले म निकै मर्माहित भएको छु,’ देउवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दुर्घटनामा परी निधन भएकाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।’

देउवाले उद्धार र घाइतेहरुको उपचारमा तदारुकता देखाउन पनि सरकारसँग आग्रह गरेका छन्।

फाल्गुन २८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्