विमान दुर्घटनामा २२ नेपालीको मृत्यु, १० अस्पतालमा, एक सकुशल

काठमाडौँ- युएस बांग्ला एयरको काठमाडौँको त्रिभुवन विमानस्थलमा भएको दुर्घटनामा २२ नेपाली यात्रुले ज्यान गुमाएका छन्।

चालकदलका ४ सदस्यसहित ७१ यात्रु रहेको विमानमा ३३ नेपाली थिए।

दुर्घटनामा ज्यान गुमाउने नेपालीहरु यी हुन्:

शिला बजगाईं

अल्जिना बराल

चारु बराल

सोबिन्द्रसिंह बोहरा

प्रविन चित्रकार

सजना देवकोटा

ज्ञानीकुमारी गुरुङ

श्रेया झा

पूर्णिमा लोहनी

मिली महर्जन

निगा महर्जन

सञ्जय महर्जन

प्रसन्न पाण्डे

सञ्जय पौडेल

कृष्णकुमार सहनी

आश्ना शाक्य

एञ्जिला श्रेष्ठ

सरुना श्रेष्ठ

डा. बालकृष्ण थापा

श्वेता थापा

किशोर त्रिपाठी

अवधेशकुमार यादव

१० नेपालीको काठमाडौँका चार अस्पतालमा उपचार भइरहेको छ भने १ नेपाली सकुशल घर फर्केका छन्।

ग्रान्डी अस्पतालमा दयाराम ताम्राकार, विनोद सुवेदी, विनोदराज पौडेल र हरिप्रसाद सुवेदीको उपचार भइरहेको छ भने

नर्भिक अस्पतालमा वसन्त बोहोरा, आशिष रञ्जित र सनम शाक्यको उपचार भइरहेको छ।

त्यस्तै काठमाडौँ मेडिकल कलेजमा समिरा व्यञ्जनकार र प्रिन्सी धामीको उपचार भइरहेको छ।

न्युरो अस्पतालमा केशव पाण्डे उपचाररत छन्।

दिनेश हुमागाईँ भने सकुशल छन्।

 

फाल्गुन २८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्