घोडाघोडी नगरपालिकाका मेयर ममता चौधरीमाथि गोली प्रहार

ममताप्रसाद चौधरी।

काठमाडौँ- केहीदिनअघि बोक्सीको आरोपमा युवती राधा चौधरीमाथि अमानवीय व्यवहार भएको गाउँका मेयर ममताप्रसाद चौधरीमाथि कैलालीको घोडाघोडी नगरपालिकामा रहेको उनकै घरमा गोली प्रहार भएको छ।

उनलाई थप उपचारका लागि काठमाडौँ ल्याउने प्रयास भइरहेको सुरक्षास्रोतले जानकारी दिएको छ। अहिले उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

सोमबार बेलुका ८ बजे उनीमाथि अज्ञात समूहले गोली प्रहार गरेको हो।

उनले बोक्सी प्रकरणमा कुनै वास्ता नगरेको भन्दै आलोचना भइरहेको थियो।

 

फाल्गुन २८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्