विमान दुर्घटनाको छानबिन गर्न बंगलादेशले सघाउने

काठमाडौँ- नागरिक उड्डयन प्राधिकरणका महाप्रवन्धक सञ्जीव गौतमले सोमबार काठमाडौँमा भएको विमान दुर्घटनाको छानबिन गर्न बंगलादेशी उड्डयन प्राधिकरणले प्राविधिक सहयोग गर्ने बताएको उल्लेख गरेका छन्।

विमानस्थलमा उनले  दुर्घटनामा परेको विमानको पाइलट र एयरक्राफ्टको अवस्थाबारे समेत विस्तृत जानकारी मगाउने बताए।

दक्षिणतिरबाट ल्यान्ड गर्न विमानस्थलको ट्राफिक कन्ट्रोल कार्यालयले अनुमति दिए पनि विमानका पाइलटले उत्तरतिरबाट गर्न अनुमति माग गरेका थिए। त्यसपछि विमानलाई उत्तरबाट ल्यान्ड गर्न अनुमति दिएको विमानस्थल कार्यालयले जानकारी दिएको छ।

उत्तरतिरबाट ल्यान्ड गर्ने क्रममा विमान दुर्घटनामा परेको हो।

फाल्गुन २८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्