व्यवसायीलाई प्रहार गरी भैरहवामा गोली प्रहार

दाङ- रुपन्देहीको सदरमुकाम भैरहवामा व्यवसायीलाई लक्षित गरी गोली प्रहार गरिएको छ।
भारतीय मोटरसाइकलमा आएका दुई जनाले भैरहवाका व्यवसायी एवम् सिद्धार्थ उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमिति सदस्य हरिश सेठियालाई लक्षित गरी गोली प्रहार गरिएको रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले जनाएका छन्।
उनलाई भैरहवाको हाटबजारस्थित सेवापथमा गोली प्रहार गरिएको थियो। उनलाई लक्षित गरी हानिएको गोलीबाट उनी बच्न सफल भएको प्रहरीले जनाएको छ।
दुई जनामध्य एक जना भागेको र एक जनालाई स्थानीको सहयोगमा प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको प्रहरी प्रमुख ज्ञवालीले जनाए।
प्रमुख ज्ञवालीले गोली हान्ने व्यक्ति र मोटरसाइकललाई समातेको बताए। भारतीय नागरिकले भारतीय मोटरसाइकलमा आएर उनलाई लक्षित गरी एक राउण्ड गोली प्रहार गरेको प्रहरीले जनाएको छ। व्यवसायी सेठियालाई सिद्धार्थ उद्योग वाणिज्य संघका पदाधिकारीको जिम्मा लगाइएको छ। सेठियामाथि यसअघि पनि गोली प्रहार गरिएको बुझ्न आएको छ ।

 

फाल्गुन २८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्