ग्राण्डीमा पुर्‍याइएका चार घाइतेको अवस्था सुधारोन्मुख

युएस बांग्ला विमान दुर्घटनाका घाइतेको बारे जानकारी लिँदै डा. चक्रराज पाण्डे।

काठमाडौँ- त्रिभुवन विमानस्थलमा सोमबार भएको विमान दुर्घटनाका चारजना घाइते धापासीस्थित ग्रान्डी अस्पतालमा उपचारका लागि भर्ना भएका छन्। उनीहरुको अवस्था सन्तोषजनक रहेको सोमबार राति राउन्डबाट फर्केर अस्पतालमा मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले जानकारी दिएका छन्।

विमानस्थल र विभिन्न अस्पतालहरुबाट थप उपचारका लागि ती घाइतेहरुलाई ग्राण्डी अस्पताल ल्याइएको थियो।

उपचाररत घाइतेहरुमा दयाराम ताम्राकार-कपन, हरिप्रसाद सुवेदी- वनस्थली, किशोर त्रिपाठी- बालकोट, बिनोदराज पौडेल-कीर्तिपुर रहेको अस्पतालले जानकारी दिएको छ।

यीमध्ये पौडेलको अवस्था अत्यन्त चिन्ताजनक रहेको तर अहिले सुधार हुँदै गएको जानकारीसमेत डा. पाण्डेले दिएका छन्।

फाल्गुन २९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्